Welcome to HEAN

बैठक सम्बन्धी सूचना

General · 02 Aug 2026

All Notices
General

बैठक सम्बन्धी सूचना

Sunday, 02 August 2026 | Posted 1 month ago
मिति: २०८३ साउन १८ गते, सोमबार
समय: दिउँसो १२:४५ बजे
स्थान: होस्टल व्यवसायी सङ्घ नेपाल, केन्द्रीय कार्यालय

होस्टल व्यवसायी सङ्घ नेपालको चौथो वार्षिकोत्सव यही २०८३ साल साउन २५ गते सोमबार मनाइने कार्यक्रमलाई सभ्य, भव्य तथा सफलतापूर्वक सम्पन्न गर्ने उद्देश्यले आवश्यक तयारी, राय–सुझाव संकलन तथा जिम्मेवारी बाँडफाँडका लागि केन्द्र, जिल्ला तथा आठवटै क्षेत्रका क्षेत्रीय संयोजकहरूको सामूहिक बैठक आयोजना गरिएको छ।

उक्त बैठकमा केन्द्र , काठमाडौं** जिल्ला कार्यसमितिका सल्लाहकारज्यूहरू, केन्द्रीय तथा काठमाडौं कार्यसमितिका पदाधिकारीज्यूहरू, ललितपुर, भक्तपुर जिल्लाका अध्यक्ष तथा प्रतिनिधि ज्यूहरु लाइ अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ।**

कार्यसूची:

- चौथो वार्षिकोत्सव कार्यक्रमको तयारी सम्बन्धी छलफल
- राय–सुझाव संकलन
- जिम्मेवारी बाँडफाँड
- अन्य समसामयिक विषयहरू

होस्टल व्यवसायी सङ्घ नेपाल
केन्द्रीय कार्यालय
General Read
Back to all notices