Welcome to HEAN

काठमाडौँ महानगरपालिकाका पदाधिकारीसँग होस्टल व्यवसायी सङ्घ नेपालको शिष्टाचार भेट तथा वार्षिकोत्सव निमन्त्रणा

General · 05 Aug 2026

All Notices
General

काठमाडौँ महानगरपालिकाका पदाधिकारीसँग होस्टल व्यवसायी सङ्घ नेपालको शिष्टाचार भेट तथा वार्षिकोत्सव निमन्त्रणा

Wednesday, 05 August 2026 | Posted 1 month ago
काठमाडौँ महानगरपालिकाका पदाधिकारीसँग होस्टल व्यवसायी सङ्घ नेपालको शिष्टाचार भेट तथा वार्षिकोत्सव निमन्त्रणा
काठमाडौं, साउन १९, २०८३। होस्टल व्यवसायी सङ्घ नेपालका केन्द्रीय अध्यक्ष श्री किरण शर्मा तथा काठमाडौँ जिल्ला कार्यसमितिका उपाध्यक्ष श्री जुनु ढकालले मंगलबार काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख श्री सुनिता डंगोल, राजस्व प्रमुख श्री दिपक अधिकारी तथा महाशाखा प्रमुख श्री बिमला कोइरालासँग शिष्टाचार भेटघाट गर्नुभएको छ।

भेटका अवसरमा उहाँहरूले साउन २५ गते आयोजना हुने होस्टल व्यवसायी सङ्घ नेपालको चौथो वार्षिकोत्सव कार्यक्रममा उपस्थित भई कार्यक्रमको गरिमा बढाइदिन हार्दिक निमन्त्रणा प्रदान गर्नुभएको थियो।

भेटवार्ताका क्रममा होस्टल व्यवसायसँग सम्बन्धित व्यवसाय दर्ता तथा नवीकरण, राजस्व व्यवस्थापन तथा वडा कार्यालयमार्फत व्यवसायीहरूले भोगिरहेका विभिन्न व्यावहारिक समस्याबारे विस्तृत छलफल भएको थियो।

कार्यवाहक प्रमुख श्री सुनिता डंगोलले उठाइएका विषयप्रति महानगरपालिका सकारात्मक रहेको बताउँदै सम्बन्धित ऐन निर्माण भइसकेको र निकट भविष्यमै कार्यान्वयनमा आउने जानकारी दिनुभयो।

उहाँले होस्टल व्यवसायी सङ्घ नेपालको चौथो वार्षिकोत्सवको सफलताको शुभकामना व्यक्त गर्दै सम्पूर्ण होस्टल व्यवसायीहरूलाई अग्रिम शुभकामना समेत व्यक्त गर्नुभयो।

होस्टल व्यवसायी सङ्घ नेपालले भेटका लागि समय उपलब्ध गराई व्यवसायीका समस्याप्रति सकारात्मक धारणा व्यक्त गर्नुभएकोमा काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख, राजस्व प्रमुख तथा महाशाखा प्रमुखप्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गरेको छ।
General Read
Back to all notices